सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार ६ सय बढी सवारी कारबाहीमा परेका छन। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार गत वर्ष एक लाख १२ हजार ६ सय ५५ सवारी साधन कारबाहीमा परेका हुन्। ट्राफिक प्रहरीले सवारी कारबाहीबाट ६ करोड ४३ लाख बढी राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षमा ६ करोड ४३ लाख ७० हजार रुपैयाँ सवारी कारबाहीबाट राजश्व संकलन भएको हो। सुदूरपश्चिममा गत वर्ष १५ हजार ९५ ट्रकलाई कारबाही गरेकोमा ८८ लाख ८९ हजार पाँच सय, पाँच हजार तीन सय ३७ बसलाई कारबाही गरिएकोमा ३० लाख ३१ हजार, २६ हजार तीन सय २७ जिप/कारलाई कारबाही गरिएकोमा एक करोड ४३ लाख तीन हजार पाँच सय र १३ हजार चार सय ६१ ट्याक्टरलाई कारबाही गर्दा ७७ लाख चार हजार राजश्व संकलन भएको छ। यस्तै, गत वर्ष ट्राफिक प्रहरीले ४३ हजार ६ सय ४६ मोटरसाइकललाई कारबाही गर्दा दुई करोड ५३ लाख ३७ हजार पाँच सय राजश्व संकलन गरेको छ। सुदूरपश्चिममा गत वर्ष आठ हजार सात सय ७९ अन्य सवारी कारबाहीमा परेका छन्। अन्य सवारीको कारबाहीबाट ५१ लाख चार हजार पाँच सय राजश्व संकलन भएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा पाँच करोड ४१ लाख ९४ हजार रुपैयाँ सवारी कारबाहीबाट राजश्व संकलन भएको थियो। उक्त वर्ष सुदूरपश्चिममा ९७ हजार एक सय सात वटा सवारीलाई कारबाही गरिएको थियो। सुदूरपश्चिममा सवारी साधनको संख्या बढेसँगै कारबाहीमा पर्नेको संख्यासमेत बढेको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय