दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दलित जनजाती समुदाय उत्थान समिति संगको सहकार्यमा दलित समुदायका सहभागिहरुका लागि ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न गरिएको छ । आफ्ना पालिका भित्रका दलित समुदायका व्यक्तिहरूलाई लक्षित गरि सञ्चालन गरिएको उक्त तालिममा ८ वटै वडाहरूबाट तीस जनाको सहभागीता रहेको थियो । श्रावण १८ गते देखि २५ सम्म सम्म सञ्चालित तालिम अन्तरास्ट्रिय श्रम सङ्गठन ILO को प्याकेज अनुसार व्यवसाय सुरु गर्नको लागि उद्यमशिलता संग जोडेर प्रदान गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । उक्त तालिममा तालिममा उद्यम/ व्यवसाय, व्यवसायिक योजना, बजार व्यवस्थापन , व्यवसायको दैनिक लेखा आदिका बारेमा सहभागीलाई तालिम प्रदान गरिएको थियो । हामी संग संक्षिप्त कुराकानी गर्दै गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले पालिका भित्रका दलित समुदायलाई व्यवसाय तर्फ प्रोत्साहित गरि आत्मनिर्भर बनाउन उक्त तालिमले सहयोग गर्ने बताउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय