दार्चुलामा नेपाली सेनामा जागिर लगादिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना पुर्पक्षका लागि कारागार चलानभएका छन् ।

जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले मङ्गलवार महाकाली नगरपालिका—३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर र मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

त्यस्तै, अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । धरौटीमा रिहा हुनेमध्ये महाकाली नगरपालिका—३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ, सोही ठाउँका ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र कैलालीको गोदावरी नगरपालिका —३ कालीका टोलका ३४ वर्षीय शंकरकुमार भुलबाट जनही ५० हजार रुपैयाँ धरौटी माग गरिएको दार्चुला अदालतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय