कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन पुरा गरेका नर्स तथा मिडवाइफले लाइसेन्स परीक्षामा सत प्रतिशत नतिजा निकालेका छन् ।
नेपाल नर्सिङ परिषद्ले गत २३ असारमा लिएको नर्सिङ तथा मिडवाईफ्रीको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी सबै उत्तीर्ण भएपछि सत प्रतिशत नतिजा आएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार परिषद्ले २३ असारमा लिएको ३३ औँ लाइसेन्स परीक्षामा प्रतिष्ठानबाट नर्सिङ अध्ययन पुरा गरेका ३४ जना सहभागी थिए । ती मध्ये सबै जना उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफ्री तर्फ ५ जनाले परीक्षा दिएकोमा सबै जना पास भएका छन् ।
परीक्षाको मर्यादाविपरित गतिविधि गरेको सार्वजनिक भएपछि प्रहरी केश परेको यो परीक्षाको विशेष छानविन गरी झण्डै १ महिना पछि नतिजा प्रकाशित भएको थियो । परिषद्ले गत २१ साउनमा प्रकाशित गरेको नतिजा अनुसार नर्सिङ तर्फ कुल ७८ प्रतिशत र मिडवाइफ्री तर्फ कुल ९५ प्रतिशत पास भएका छन् ।
सोही परीक्षामा मर्यादाविपरित कार्य गरेको भन्दै परिषद्ले ७ जनालाई तीन वर्ष लाइसेन्स परीक्षामा भाग लिन नदिने समेत कुल ५७ जनालाई कारवाही गरि नतिजा रोकिदिएको छ ।
तर, यहि बेला जुम्लाबाट अध्ययन् पुरा गरेका विद्यार्थीले भने प्रतिष्ठानको शैक्षिक गुणस्तरलाई उच्च राख्ने गरी सतप्रतिशत नतिजा निकालिदिएका छन् ।