मालिकार्जुन गाउँपालिकाले अब पालिकाको अस्पतालमै आँखाको जाँच तथा उपचार गराउने भएको छ । गाउँपालिकाको सहजीकरण र गेटा आँखा अस्पताल धनगढी कैलालीकाे सहयाेगमा शंकरपुर पस्ती अस्पतालमा प्रत्येक महिनाकाे अन्तिम शनिवारका दिन आँखा सम्बन्धि सबै प्रकारका राेगहरूकाे जाँच तथा उपचार सेवा संचालन हुने गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी गुण राज ओझाले जानकारी दिनु भएको छ । ओझाले आफ्नो फेसबुक मार्फत सबै पालिका भित्रका बासिन्दाहरूलाई सेवा लिन अनुरोध गर्नु भएको छ । जिल्लामा आँखाको उपचार गर्ने कुनै स्वास्थ्य संस्था नभएकोले आँखा समबन्धी उपचार तथा जाँचका लागि दार्चुलाबाट धनगढी आउनुपर्ने बाध्यता रहेको थियो । अब गाउँपालिकाले नै उक्त सेवा प्रदान गर्ने भए पछि स्थानीयले आँखा सम्बन्धी जाँच तथा उपचार आफ्नै घरदैलोमा गर्न पाउनेछन । श्रवाण २७ गते बाट शुभारम्भ गरिने उक्त सेवा विहान १०:३० देखि दिउसाे २:३० सम्म प्रदान गरिने मालिकार्जुन गाउँपालिका श्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय