सोमबार जिल्ला अदालत बैतडीले नातीको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदलाई कारागार चलान गर्न आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जाशीले साउँदले गत असार २८ गते काठको चिर्पटले हिर्काएर आफ्नै २ वर्षीय नाती रेसम साउदको हत्या गरेको अभियोगमा कारागार चलान गरेको बताए। उनका अनुसार अर्का ८ वर्षीय नाती रिजन साउँदलाई पनि उनले घाइते बनाएका थिए। रिजन अहिले उपचाररत छन्।
आमा र हजुरआमा घाँस काट्न गएका बेला मानसिक सन्तुलन ठिक नभएका साउँदले रेसमलाई हानेर घाइते बनाएका थिए। उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो।