दार्चुलामा ६ किलो चरेशसहित दुई जना पक्राउ परेका छन् ।

शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ किलो १०० ग्राम लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दार्चुलाकै महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा सोमबार बिहान १ बजेतिर पक्राउ गरेको हो ।

उनीहरू दुवै जनाले बोकेको झोलामा प्लाष्टिकभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त चरेस फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय