दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाका फोहरमैला सङ्कलन गर्ने टिप्पर र दमकल एकै दिन छुट्टा छुट्टै स्थानमा दुर्घटनामा परेका छन । बिहान अन्दाजी नौ बजेको समयमा बजार क्षेत्रको फोहोर संकलन गरी डम्पिङ्ग साइडमा फाल्न जाँदा नगरपालिकाको टिप्पर महाकाली नगरपालिका–५ किम्तडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको हाे । से १ ग ७६ नम्बरको उक्त टिप्पर दुर्घट्ना हुँदा चालक महाकाली नगरपालिका–७ धापका ४५ वर्षिय दान सिंह धामी र सहयोगी महाकाली नगरपालिका–५ गल्फैका ४० वर्षिय मनोज हुम्ली घाइते भएका छन् । यस्तै पानी भर्न गएको दमकल फर्किने क्रममा महाकाली नगरपालिका वडा ७ धाप डढ्यामा सडक भन्दा केहि तल मकैबारीमा गई दुर्घटना भएको हो । यि दुबै दुर्घटनाबाट ठुलो मानवीय क्षति हुनबाट जोगिएको छ ।

टिप्पर चालक र सहचालक लाई उपचार पश्चात डिस्चार्ज गरिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय