भारतको गौरीकुण्डमा पहिरो जाँदा ७ नेपालीसहित १३ जना बेपत्ता भएका छन् । उत्तराखण्डको रुद्रप्रयाग जिलास्थित गौरीकुण्डमा भारी वर्षाका कारण भूस्खलन हुँदा एकै परिवारका ७ जना नेपाली बेपत्ता भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

७ जना नेपालीसहित ३ जना त्यहाँका स्थानीय र ३ जना अन्य राज्यका बेपत्ता रहेका बताइएको छ । बेपत्ताहरुको परिचय भने खुलेको छैन । बेपत्ताहरुको खोजीका लागि रेस्क्यू टिम राति नै घटनास्थल पुगेको भएपनि भारी वर्षाका कारण बिचमै खोजी कार्य रोक्नुपरेको थियो । बिहानबाट फेरि खोजी कार्य सुरु गरिएको र त्यहाँ भारी वर्षा भइरहेको जनाइएको छ ।

बेपत्ता भएकाहरु नजिकै रहेको मंदाकिनी नदीमा बगेका हुनसक्ने अनुमान लगाइएको छ । नदीमा वर्षाले गर्दा ठुलो बाढी आएको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सोनप्रयाग-गौरीकुण्ड मोटरमार्गको किनारमा रहेका चार ओटा पसल भूस्खलनमा परेका थिए । बेपत्ता भएकाहरु तीनै पसलभित्र थिए । पसलकै ठीक तल मंदाकिनी नदी पनि रहेको छ ।

Source :mahendranagar post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय