मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले भोली काठमाडौंमा रहेका गाउँपालिकाबासी संग सल्लाह सुझाव  आदान प्रदान कार्यक्रमको  आयोजना गर्ने  भएका छन ।  अध्यक्ष धामीले भोली दिउसो ३ बजे काठमाडौं बबरमहल स्थित कोईला रेष्टुरेण्टमा उक्त कार्यक्रम हुने जनाएका छन ।  मालिकार्जुन गाउँपालिका स्थायी घर भई विभिन्न पेशा व्यवसाय, अध्ययन तथा अन्य कामको सिलसिलामा काठमाडौं र काठमाडौं नजिकका जिल्लाहरूमा रहनु भएका सम्पुर्ण मालिकार्जुन बासी संग समृद्ध गाउँपालिका निर्माणका लागि हाल सम्म भएका प्रयासहरूको समिक्षा,काठमाडौं लक्षित युवाहरूले आफ्नो पालिकाको विकास निर्माणमा पुर्याउन सक्ने योगदान, गाउँपालिकाले अब गर्नुपर्ने कामका लागि सल्लाह सुझाव आदान प्रदान,विकासमा सम्भाव्यताको पहिचान लगायत भेटघाट र चिपापान कार्यक्रम राखिएको नेकपा एमाले दार्चुला काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तथा धामीको उक्त कार्यक्रमका समन्वयकर्ता दिवान सिंह धामीले बताएका छन ।   जन्मथलो मालिकार्जुन भई काठमाडौंमा रहेका गाउँपालिकाका अधिकांश युवा जनशक्ती र बौद्धिक तहका व्यक्तिहरूबाट सल्लाह सुझाव लिई  उक्त सल्लाह सुझावलाई समृद्ध पालिका निर्माणमा उपयोग गर्ने अध्यक्ष धामीले बताएका छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय