साउनयता जिल्लामा १७ जना स्क्रब टाइफसका संक्रमित भेटिएका छन् । अस्पतालमा उपचारका लागि आएका १७ जनामा स्क्रब टाइफस संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डा. राजेश भट्टले बताए । संक्रमितमध्ये महाकाली नगरपालिकामा सबैभन्दा बढी ९ जनामा स्क्रब टाइफसका संक्रमित देखिएका छन् । त्यस्तै दुहु, ब्यास र नौगाड गाउँपालिकामा दुई/दुई जनामा स्क्रब टाइफस संक्रमण देखिएको डा. भट्टले जानकारी दिए । उनका अनुसार मार्मा र लेकम गाउँपालिकामा पनि समान एक/एक जनामा स्क्रब टाइफस संक्रमित छन् ।संक्रमण देखिएकामध्ये एक जनालाई जिल्ला अस्पतालमा राखेर उपचार भइरहेको छ । स्क्रब टाइफस संक्रमण भएका बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउँडिने, जीउ दुख्ने तथा कुनै–कुनै बिरामीलाई झाडापाखाला र सामान्य खोकी लाग्नेजस्ता लक्षण देखिएको डा. भट्टले बताए ।

स्रोत: कान्तिपुर अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय