वडा भरिका सम्पुर्ण घरधुरिमा विद्युतिकरण गरि अध्याराे मुक्त गाउँ बनाउने उद्देश्यले , मालिकार्जुन गाउँपालिका वडा नं ५ ले आफ्नाे नीति तथा कार्यक्रम अन्तरग विद्युत प्राधिकरणकाे समन्वय र सहकार्यमा सबै घरधुरिमा बिद्युतिकरण गर्ने, बिपन्न तथा गरिव घरधुरी लाई बिद्युतिय मिटर उपलब्ध गराउने कार्यक्रम अन्तरगत ३४ घरधुरिलाई नि: शुल्क मिटर बितरण गरिएकाे हाे । आज मिति २०८०/०४/०८ गतेका दिन वडा कार्यलयमा वडा अध्यक्ष मदन बहादुर चन्दकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा मालिकार्जुन गाउँ पालिका अध्यक्ष हिरा सिह धामीले विद्युतिय मिटर बितरण गरि अध्याराे मुक्त वडा घाेषणागर्नु भएकाे हाे । वडा भरि बसाेवास गर्ने अधिकासं दलित समुदायकाे बसाेवास रहेकाे भए पनि गरिबिकाे कारण आर्थिक अभावमा अध्याराेमै बस्नु परि रहेकाे अवस्थामा वडा कार्यालयबाट नि: शुल्क बिद्युतिय मिटर उपलबध गराई दिदा र अध्याराे मुक्त भएकाे हाे । यश वडामा बिद्युतिय महशुल समेत वडाकार्यलयले नै महशुल तिरिदिएर सबै वडा बासिलाई निः शुल्क बिद्युत सेवा समेत उपलब्ध गराएकाे छ । त्यसैगरि अन्य बिकास निर्माण तथा सेवाका सम्वन्धमा समेत वडा स्तरिय कार्यक्रममा समीक्षा समेत भएकाे छ । वडा स्तरमा बर्षाै देखिकाे खानेपानी समस्या सामाधानका लागि यसै बर्ष सानाठुला गरि आधा दर्जन जति खानेपानी याेजनाहरू समेत सम्पन्न गरि एक घर एक धाराकाे अभियान लाई सार्थक गर्दै गईरहेकाे छ । साथै वडाले यसै बर्ष धेरै जसाे सामाजिक पुर्वाधार निर्माण,सिचाइ ट्यंकि,वाटाे निर्माण , सडक बिस्तार , बिद्यालय मर्मत तथा निर्माण एवं बिद्यालय आइसिटि , तटबन्ध लगायतका कार्यक्रमहरू समयमै सम्पन्न गरिसकेका छन । समिक्षामा स्थानीय जनप्रतिनिधि ,सेवाग्राही आम उपभाेक्त तथा राजनीतिक दलका प्रतिनिधि ,शिक्षक तथा बुद्धिजीवी, समाजसेविहरूकाे बिचमा समीक्षा सम्पन्न गरिएकाे हाे । वडास्तरकाे प्रभाकारि सेवा सुशासन र सुशासन सहितकाे दिगाे बिकासका सम्बन्धका बिभिन्न बिषयमा समेत समिक्षा भएकाे हाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय