नेकपा एमाले मालिकार्जुन गाउँ कमिटिले आज मालिकार्जुन वडा नम्बर – ४ हुनैनाथमा आफ्नो अगुवा कार्यकर्ता प्रशिक्षण तथा जनवर्गीय संगठन बिस्तार कार्यक्रम सम्पन्न गरेको छ ।
गत हप्ता बाट थालिएको उक्त कार्यक्रममा आज सम्म चार वटा वडामा सम्पन्न भैसकेको छ ।उक्त प्रशिक्षण कार्यक्रममा सुदुरपश्चिम प्रदेश कमिटि सदस्य मोहन सिंह धामी , मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी नेकपा एमाले मालिकार्जुन गाउँपालिका अध्यक्ष हरक सिंह ठगुन्ना , मालिकार्जुन गाउँपालिका युवा संघका अध्यक्ष सुरज सिंह धामी लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
एमालेले गर्न लागेको उक्त कार्यक्रममा पार्टी कार्यकर्तालाई प्रशिक्षण जनवर्गीय संगठन बिस्तार साथै स्थानीय तहमा एमाले नेतृत्वको सरकारले गरेका काम कारवाही उपर समिक्षा साथै आगामी दिनमा गर्नुपर्ने सुधार समेतका विषयमा पनि छलफल भएको युवा संघ अध्यक्ष सुरज सिंह धामीले बताउनु भयो । नेकपा एमाले मालिकार्जुन गाउँ कमिटि सदस्य तथा वडा नम्बर तिनका वडा सदस्य पदम सिंह धामीले बताउनु भयो ।
नेकपा एमाले मालिकार्जुन गाउँ कमिटी आफ्नो पालिका क्षेत्र भित्र पार्टीको प्रशिक्षण तथा जनवर्गीय संगठन बिस्तारमा सशक्त ढङ्गबाट अगाडी बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय