राजस्व अनुसन्धान विभागले सुन तस्करीमा सघाएको आरोपमा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका तीन जना कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, भन्सार जाँचकी सरोज श्रेष्ठ र प्राविधिक कुमार ढकाल रहेको विभाग स्रोतले जनाएको छ। भन्सारका कर्मचारीसँगै विभागले थप अनुसन्धानका लागि तीन जना भन्सार एजेन्टलाई समेत पक्राउ गरेको छ।

विभागले गत साता विमानस्थल भन्सार कार्यालयको गोदामबाट बाहिर लैजाँदै गरेको अवस्थामा एक क्विन्टल सुन बरामद गरेको थियो। सो प्रकरणमा विभागले चिनियाँ र भारतीय नागरिकलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

स्रोत :अन्नपूर्ण online

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय