धनगढी उपमहानगरपालिका वडान -१८ बहुलियामा रहेको जनसहयोगी आधारभुत विद्यालयले संरक्षण गरेको जमिनमा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र राज्य मन्त्री गिता माल सहितको सहभागितामा वृक्षारोपण गरिएको छ । उक्त विद्यालयले संरक्षण गरेको चार बिघा क्षेत्रफलमा सिसम,सिमल,लिप्टिस र बगैना लगायत विभिन्न प्रजातीका करिब ३६०० बोटबिरूवा रोपिएको मन्त्री धामीको सचिवालयले जनाएको छ । उक्त वृक्षारोपणमा नागरिक अगुवा ,स्थानीय बासिन्दा, सुरक्षाकर्मी लगायत को सहभागी रहेको थियो ।

मन्त्री धामी वृक्षारोपण गर्दै

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय