माथिल्लो चमेलिया जलविद्युत आयोजना सम्पन्न भएपछि चमेलिया नदीमा उत्पादित बिजुली ९६.५ मेगावाट पुगेको छ । चमेलियाको बलाँचमा ३० मेगावाट, माथिल्लो चमेलियामा ४०, मकरीगाड १० मेगावाट, नौगाड ८.५ मेगावाट र माथिल्लो अपरगाड ८ मेगावाट गरी चमेलिया नदीमा कुल ९५.५ मेगावाट बिजुलीउत्पादन सुरु भएको छ। यि सबै आयोजनाहरू बाट निकट भविष्यमै केन्द्रिय प्रसारणको ग्रिड लाईनमा कुल  एउटै चमेलिया नदि बाट कुल ९५.५ मेगावाट बिजुली जलविद्युत उत्पादन हुने अवस्था रहेको छ । दार्चुला जस्तो विकासमा निकै पछाडी रहेको जिल्लाको लागि यो निकै सुखद र सन्तोष मान्नुपर्ने कुरो हो । जिल्ला भित्रैबाट त्यसमा पनि एउटै नदिमा यत्रो ठुलो परिमाणमा जलविद्युत उत्पादन हुनु आफैमा राम्रो पक्ष हो ।

चमेलिया जलविद्युत आयोजनाले उत्पादन दिन थालेको करिब एक दशक समयावधि पुग्नै लाग्दा समेत दार्चुलाका कतिपय गाउँ बस्तीहरू अझै अन्घकार नै रहेका छन । विधुत को पहुँच बाट अझै बन्चितिकरणमा परि विधुत अभावका कारण कष्टकर जीवनयापन गरिरहेका अवस्था विद्यमान छ ।

जिल्ला भित्रै यत्रो ठुलो आयोजना संचानमा आई ख्याती कमाउनुको पाटो संगै जिल्लावासी नै विधुतको वञ्चितिकरणमा रहनु र विधुतको पहुँच बाट टाढा हुनु आफैमा लज्जास्पद विषय पनि हो ।

स्थानीय उपभोक्तालाई प्राथमिकता दिने तर्फ उत्पादक , विधुत प्राधिकरण लगायत सम्बद्द निकायको ध्यान जानु आवश्यक छ ।

चमेलियाबाट उत्पादन भएको तीस मेगावाट चमेलिया जलविद्युत आयोजना र निकट भविस्यमै उत्पादन दिने तयारीमा रहेको चालिस मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजनाले जिल्लावासी उपभोक्तालाई मुख्य प्राथमिकता दिई विधुत उपभोग गर्ने वातावरण बनाउनु आवश्यक देखिन्छ। चमेलियाको जलविद्युत आयोजना बाट उत्पादित विधुतको प्रयोगबाट जिल्ला भित्रका हरेक बस्तीमा विधुतिकरण भई अन्धकार हटाउनु जरूरी छ । युगौ युग देखि अनेकौ समस्या र अभावहरू संग गुज्रिरहेको जिल्लबासीको जिवनयापनमा चमेलियाको विधुतले सहजता ल्याउनुका साथै दार्चुलेली जनताको अध्यारा बस्तीहरूमा उज्यालो प्रकाश अवस्य छर्नु पर्नेछ । चमेलियामा उत्पादित जलविद्युतको प्राथमिक उपभोक्ता तथा हकदार जिल्लावासी हुन भन्ने कुरा निर्माण कम्पनी र विधुत प्राधिकरणले मनन गर्नु आवश्यक छ । त्यसैले व्यवसायिक उत्पादनको संघारमा रहेको अपर चमेलियाको विधुतले जिल्लाका प्रत्येक बस्ती झलमल्ल बलुन । अँध्यारोको युगको अन्त्य संगै जिल्लाबासीको सहज जीवनयापनमा महत्वपूर्ण योगदान पुर्याउदै जिल्लाको विकासमा समेत कोसेढुङ्गा सावित होस् ।

यो विषयमा संघिय सरकारको प्रतिनिधित्व गर्नुहुने ,प्रदेश सरकारको प्रतिनिधित्व गर्नुहुने तथा स्थानीय सरकारको नेतृत्वमा रहनुहुने सम्पूर्ण जिल्ला भित्रका जनप्रतिनिधिहरूले यो मुद्दा र प्रश्नको उठान गरि जिल्लाबासीको विधुतमा सहज पहुँचका लागि हातेमालो गर्नु जरूरी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय