नेकपा एमाले मालिकार्जुन गाउँ कमिटिले आज मालिकार्जुन वडा नम्बर तीन स्थित मडमा आफ्नो अगुवा कार्यकर्ता प्रशिक्षण तथा जनवर्गीय संगठन बिस्तार कार्यक्रम सम्पन्न गरेको छ ।
यहि हप्ता बाट थालिएको उक्त कार्यक्रम अन्तरगत हिजो वडा नम्बर दुई भगवतीमा सम्पन्न गरिएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा सुदुरपश्चिम प्रदेश कमिटि सदस्य मोहन सिंह धामी , मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी लगायतका नेता कार्यकर्ता र उक्त वडा बाट निर्वाचित पदाधिकारीहरू समेतको सहभागिता रहेको थियो ।
एमालेले गर्न लागेको उक्त कार्यक्रममा पार्टी कार्यकर्तालाई प्रशिक्षण जनवर्गीय संगठन बिस्तार साथै स्थानीय तहमा एमाले नेतृत्वको सरकारले गरेका काम कारवाही उपर समिक्षा साथै आगामी दिनमा गर्नुपर्ने सुधार समेतका विषयमा पनि छलफल भएको नेकपा एमाले मालिकार्जुन गाउँ कमिटि सदस्य तथा वडा नम्बर तिनका वडा सदस्य पदम सिंह धामीले बताउनु भयो ।
मालिकार्जुन गाउँपालिकामा नेकपा एमालेको आधार इलाका र पकेट क्षेत्रका रूपमा मडलाई हेर्ने गरिन्छ । मालिकार्जुनको मड एमाले नेता स्व प्रेम सिंह धामीको जन्मघर रहेको वडा पनि भएका कारण एमाले राजनीतिमा मडलाई बिषेश चासो पुर्वक हेर्ने गरिन्छ।
नेकपा एमाले मालिकार्जुन गाउँ कमिटी आफ्नो पालिका क्षेत्र भित्र पार्टीको प्रशिक्षण तथा जनवर्गीय संगठन बिस्तारमा सशक्त ढङ्गबाट अगाडी बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय