काठमाडौं:

नेकपा एमाले दार्चुला काठमाडौ सम्पर्क मन्चको  बैठक काठमाडौं बिजुली बजार स्थित नेकपा एमाले सुदूरपश्चिम सम्पर्क मन्चको  कार्यालयमा सम्पन्न भएको छ । सम्पर्क कमिटीका अध्यक्ष दिवान सिंह धामी को अध्यक्षता ,नेकपा एमाले पोलिट्ब्युरो सदस्य सुदूरपश्चिम सह इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता  र नेकपा एमाले दार्चुलाका जिल्ला इन्चार्ज  सहदेब बोकटीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त बैठकमा सम्पर्क कमिटीका पदाधिकारी लगायत पार्टीका शुभचिन्तक र समर्थकहरूको समेत सहभागीता रहेको थियो ।

पार्टीको जिल्लाको समग्र अवस्था ,स्थानीय सरकार सञ्चालनको स्थिति ,सम्पर्क कमिटीले विगतमा  खेलेको समन्वयकारी भुमिका आगामी दिनहरूमा सम्पर्क कमिटीलाई थप प्रभाकारी कसरी बनाउदै लैजाने भन्ने बिषयमा छलफल भएको मन्चका अध्यक्ष दिवान सिंह धामीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय