कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–१ नौरंगाबाट चिनीसहितको बोलेरो जीप नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीको ३५ नं. गण हेडक्वाटर शैलेश्वरी गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) दोदाबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको अनुमानित १६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ क्वीन्टल चिनी बरामद गरेको जनाएको छ।

चीनी सहित से. १ च १२२९ नम्बरको बोलेरो जिप समेत नियन्त्रणमा लिएको हो। साथै कृष्णपुर नगरपालिका–५ गुलरियाका ३० वर्षीय जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय सहचालक बिशाल वडायकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय