भन्सार कार्यालय दार्चुलाले आफ्नो वार्षिक लक्ष्य भन्दा दोब्बर बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालय दार्चुलाले आर्थिक वर्ष २०७९-८० मा १९ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा त्यसको दोब्बर बढी राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षमा ४० लाख ८१ हजार ४०२ रुपैयाँ अर्थात १०७ दशमलव ३८८ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय