नेकपा एमाले मालिकार्जुन गाउँ कमिटिले आज मालिकार्जुन वडा नम्बर तीन स्थित मडमा आफ्नो अगुवा कार्यकर्ता प्रशिक्षण तथा जनवर्गीय संगठन बिस्तार कार्यक्रम गर्दैछ ।
अस्तिबाट थालिएको उक्त कार्यक्रम अन्तरगत हिजो वडा नम्बर दुई भगवतीमा सम्पन्न गरिएको एमाले मालिकार्जुन गाउँ कमिटिले जनाएको छ । आजको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश कमिटि सदस्य मोहन सिंह धामी , मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी लगायतका नेता कार्यकर्ता र उक्त वडा बाट निर्वाचित पदाधिकारीहरू समेतको सहभागिता रहने मालिकार्जुन गाउँ कमिटी एमालेले जनाएको छ । एमालेले गर्न लागेको उक्त कार्यक्रममा पार्टी कार्यकर्तालाई प्रशिक्षण जनवर्गीय संगठन बिस्तार साथै स्थानीय तहमा एमाले नेतृत्वको सरकारले गरेका काम कारवाही उपर समिक्षा साथै आगामी दिनमा गर्नुपर्ने सुधार समेतका विषयमा पनि छलफल हुने नेकपा एमाले मालिकार्जुन गाउँ कमिटिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय