प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटली जाँदैछन्।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेका हुन्।

उनी साँझ ६ बजे कतार एअरलाइन्सको उडानमार्फत इटली जाने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डसँगै कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल पनि इटली जाँदैछन्।

प्रधानमन्त्री प्रचण्ड र मन्त्री भूसालसँगै मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरू पनि भ्रमण टोलीमा छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’को इटली भ्रमण स्वीकृत गरेको थियो।

उनी चारदिन पछि स्वदेश फर्कने छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय