नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले दार्चुलाको व्यास गाउँपालिका संग जोडिएको तिब्बति व्यापारिक नाका तिङ्करको सञ्चालनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

ठगुन्ना नेतृत्वको उक्त टोलीमा प्रदेश कमिटी सदस्यहरु अकबर सिंह ठगुन्ना ,लाल बहादुर धामी , उमेश सिंह खत्री, जिल्ला कमिटी उपसचिव खडक सिंह बडाल ,जिल्ला कमिटी सचिलावय सदस्य खेमराज जोशी, प्रेम राज बडु लगायतको सहभागिता रहेको थियो ।

ठगुन्ना नेतृत्वको टोलीले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै ब्याँस गाँउपालिका वा नं. १ तिकर भञ्ज्याङबाट नेपाल र चीन तिब्बत बिचको व्यापार कोभिड पश्चात बन्द भएकोमा त्यसलाई पुन सञ्चालनको लागि पहल थाल्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

उक्त टोलीले कोरोना भाईरस पछिको समयमा बन्द गरिएको तिब्बत संगको उक्त व्यापारिक नाकामा नेपाली व्यापारीहरूको व्यापार धारासायी बन्नुका साथै जीविकोपार्जनमा समेत ठुलो असर परेकोले तिङ्कर नाका अविलम्ब संचालनको लागि चिनिया राजदुतावास मार्फत चीन सरकार समक्ष अविलम्ब पहल गर्न र सो नाका संचालन नभएसम्म दार्चुलाका ताक्लाकोट (तिब्बत)मा व्यवसाय गर्ने व्यक्तिहरुलाई हुम्ला नाका बाट ताक्लाकोट प्रवेशको समेत अस्थायी व्यवस्था गरिदिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन ।

ओलीलाई पनि आग्रह:

केहि दिन अगाडी दार्चुलाका व्यापारीहरूको टोलीले तिब्बत संगको परम्परागत व्यापारिक सिमा नाका तिङ्कर खुलाउन पहल थालिदिन पुर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत आग्रह गरेका थिए ।

कोरोना भाईरसको सङ्क्रमण फैलिनु पुर्व दार्चुलाका केहि व्यापारीहरूले तिब्बत संग तिङ्कर नाकाको प्रयोग गरि व्यापार गर्ने गरेका थिए। उक्त नाका भएर व्यापार गर्ने करिब पचास जना व्यापारीको पसल तथा सामान विगत चार बर्ष देखि अलपत्र अवस्थामा रहेको छ ।

उक्त क्षेत्रका व्यापारीको पुस्तैनी व्यापारको रूपमा चलेको पसल सीमापारिको चिनियाँ स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट (पुरङ) मा अलपत्र परेको छ। कोभिड–१९ को महामारी शुरू भएपछि बजार र सीमा नाका एकसाथ बन्द हुँदा २०७६ चैतमा सामानले भरिएको पसलमा ताला लगाएर गाउँ फर्किएका व्यापारी विगत चार बर्ष देखि उता जान पाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय