कञ्चनपुरमा विङ्गर र जिप ठोक्किँदा ९ जना घाइते भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–२ बंकस्थित पूर्वपश्चिम राजमार्गमा म १ ज २८७ नम्बरको विङ्गरले से १ झ २४६ नम्बरको जीपलाई ठक्कर दिएको हो ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सरकारी नम्बर प्लेटको जिप कृष्णपुर नगरपालिकाको हो । दुर्घटनामा घाइते जिपका चालक जनक भण्डारीलाई निसर्ग अस्पताल धनगढी ल्याइएको र अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय