बाघको छाला सहित प्रहरीले कैलालको  गोदावरीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका-२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका-८ बस्ने ३० वर्षीय हर्कबहादुर विष्ट छन् । उनीहरूको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइको बाघको छाला बरामद भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका-२ रिङरोडबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय