माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबुझेकाहरुले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन रहेको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि आज (साउन ५ गते)सम्म आवेदन दिन आग्रह गरेको थियो ।पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर पुनर्योगका लागि आवेदन दिन सकिने छ ।गत चैत १७ गतेदेखि सन्चालित एसईई परीक्षाको नतिजा गत असार २१ गते सार्वजनिक भएको थियो । एसईईको प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्म मिति सच्याउन परेमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय