facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन् । कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । आज सकिने बैठकले सम्भवत: महाधिवेशनको मिति टुंग्याउने बताइएको छ ।

२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एसले पहिलो महाधिवेशनको गृहकार्य गरिरहेको छ ।शुक्रबारदेखि सुरू भएको बैठक आज सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय