डोटीको बडिकेदार गाउँपालिका वडा न:४ खेताली बस्ने हर्क ब धामी का छाेरा २५ वर्षीय भक्त धामी केहि बर्ष खाडिको बैदेशिक पश्चात गाउँमा फर्केर कृषि कर्ममा जुटेका छन । धामीले बैदेशिक रोजगारी भन्दा आफ्नै गाउँमा उद्यम गर्नुपर्छ भन्दै बडिकेदार कृषि तथा पशुपन्छी विकास फर्म दर्ता गरि ४५ वटा बाख्रा पालन गरेका छन । धामीले बाख्रा पालनका साथै पुर्ख्यौली देखि कमाउदै आएको जमिन बाझो रहन थालेपछि उक्त जमिनमा सुन्तला र कागती खेतीका लागि ११०० बोट सुन्तला र ५०० बोट कागती समेत राेपेका छन ।धामीको अहिलेको दैनिकी बाख्रा स्याहार्ने र रोपिएका फलफूलका विरूवा स्याहार्नेमै बित्ने गरेको छ । गाउँबाट सबै युवाहरू खाडीको रोजगारीका लागि विदेश तर्फ जादा धामीले गाउँमै लोभलाग्दो उद्यम गरेर नमुना काम गर्दैछन ।भक्तले हामी संग कुरा गर्दै भन्नु भयो  अहिलेका युवाहरू सबै कि कुलतमा फसेका भेटिन्छन कि बैदेशिक रोजगारीमै दौडिएका भेटिन्छन तर मैले दश बर्ष भित्र दश बाह्र जनालाई रोजगारी दिने ढङ्गबाट काम गर्दैछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय