त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब १०० किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले आफ्नो संलग्नता नभएको बताएका छन्। बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको प्रष्ट पारेका हुन्।

मल्होत्राले भने,‘सुन आयातमा म र मेरो परिवार संलग्न छैन। मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु।’

मल्होत्राले आफू र आफ्नो परिवारले गरेको कारोबारको कर कानुनबमोजिम सरकारलाई तिरिरहेको उल्लेख गरे। उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको हुनसक्ने आशंका गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय