काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० किलो अवैध सुन फेलापरेको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको म्याद थप गरिएको छ।
पक्राउ परेका ६ जनालाई १० थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले पाटनले राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको हो।
राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद गरेको थियो।