मालिकार्जुन गाउँपालिका वडा नम्बर १मा नेकपा एमालेको अगुवा कार्यक्रता प्रशिक्षण तथा जनवर्गीय संगठन कमिटी बिस्तार कार्यक्रम सुसम्पन्न भयेको छ। मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रमेश सिंह बोहराको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रमका अथितिमा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी रहनु भएको थियो । साथै उक्त प्रशिक्षण कार्यक्रमको विशिष्ट अथितिमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्य द्वय मोहन सिंह धामी र गणेश सिंह धामी रहनु भएको थियो । गाउँ कमिटिको संगठन बिस्तार र अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम एमालेको नीति र नेतृत्व प्रति आस्थावान कार्यकर्तालाई समावेश गरेर संचालनमा ल्याईएको एमाले मालिकार्जुन गाउँ कमिटिले जनाएको छ ।

मालिकार्जुन गाउँपालिका भित्रका आठ वटै वडाहरूमा पार्टीको प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम रहेको नेकपा एमाले मालिकार्जुन गाउँपालिका कमिटिले जनाएको छ । मालिकार्जुन गाउँपालिकामा स्थानीय तहको नेतृत्व समेत एमालेले गरेको अवस्थामा प्रशिक्षण कार्यक्रम संगै स्थानीय सरकारको प्रभावकारिता , स्थानीय सरकारले हाल सम्म गरेका काम कारवाही एवं कमि कमजोरीका र आगामी दिनमा सुधार गर्नुपर्ने कामहरूको बारेमा समेत चर्चा गरिएको एमाले गाउँ कमिटिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय