फेसबुकमा स्टाटस लेखेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको चरित्र हत्या गर्न खोज्ने एमाले निकट प्रेस संगठन प्रेस चौतारी नेपालका गणेश बस्नेत बिरुद्ध साईबर ब्यूरोमा र सोही किसिमको भ्रामक कुरालाई समाचार बनाएर लेख्ने जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा छुट्टा- छुट्टै उजुरी परेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले आजै उजुरी दिनु भएको छ।
प्रेस सल्लाहकार गिरीले एक प्रेस नोट जारी गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको निष्ठा, आचरण र नैतिकतामाथि हिलो छ्यापी ‘भ्रष्टाचार विरुद्ध र सुशासन’को मूल मिसनमा अवरोध गर्न खोजिएको दुष्प्रयत्नप्रति सजग रहन सबैमा अनुरोध गरेका छन ।
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-3-scaled-3-1024x682.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marmma-2-1.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-1-3.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-1-2-1024x642.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-3-1-2.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-shikar-2-2.jpg)