मालिकार्जुन गाउँपालिकाद्वारा दिर्घराेगीहरूलाई घरदैलाेमै औषधी वितरणको पहिलो चरणको कार्य सम्पन्न:

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आफ्नो पालिका भित्रका दिर्घरोगका बिरामीहरूलाई घरदैलोमै गएर निशुल्क औषधी वितरण कार्यक्रमको पहिलो चरणको काम सम्पन्न गरेको छ ।
आज वडा नम्बर 7 जौलजिविमा औषधी वितरण पश्चात पहिलो चरणको निशुल्क औषधी वितरण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले निशुल्क औषधी वितरण संगै दिर्घराेगका बिरामीहरूको स्वास्थ्य चेकजाँच र परामर्श सेवा समेत संचालन गरेको थियो ।
लामाे समय देखी बिरामीभई नियमित आैषधि सेवन गरिरहेका बिरामिहरूलाई घरदैलाे मै गई डाक्टर सहितकाे चिकित्सकिय परामर्श ,चेकजाच र दिर्घराेगिहरूलाई निशुल्क आैषधि बितरणकाे कार्यक्रम संचालनमा ल्याए पश्चात बिरामीहरूलाई निकै सहजता भएको र थोरै भए पनि राहत पुगेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । पालिकाले आज मात्रा श्वास प्रस्वासकाे ,उच्च रक्तचाप, मधुमेह , मुटु सम्वन्धि समस्या भएकाहरू साथै ढाड तथा कम्बरकाे समस्या ,मानसिक राेग,लगायतका दिर्घकालिन रूपमा अाैषधि सेवन गरिरहेक ३३ जना बिरामीहरूलाई औषधी वितरण गरेको थियो ।
बिरामीहरूको स्वास्थ्य अवस्था र रोगको जटिलता हेरेर ३ देखि ६ महिना सम्मलाई पुग्ने गरि औषधि बितरण गरिएकाे थियो । गाउँ पालिकामै कार्यरत एमबिबिएस डाक्टर निराजन बाेहरा नेतृत्वको स्वास्थ्यकर्मीहरूको टोलीले पालिका रहेको वडा नम्बर-8 बाहेक पालिका भित्रका अन्य सबै वडाहरूमा विभिन्न समयमा गरेर औषधी वितरण कार्य गरिएको थियो । जनताको स्वास्थ्य संग जोडिएको उक्त कार्यक्रम लाई पालिकाले गत आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुका साथै चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेत निरन्तरता दिईएको गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले जानकारी दिनु भएको छ । हामीले गत आर्थिक बर्षको नीति तथा कार्यक्रममा दिर्घराेगका बिरामीहरूलाई घरदैलोमै गएर निशुल्क औषधी वितरण गर्ने गरि कार्यक्रम अगाडी सारेका थियौ । जुन कार्यक्रम निकै प्रभावकारी रहेको हामीले पाएका छौ ।
त्यसैले यसलाई अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेत निरन्तरता दिई प्रभावकारी रूपमा अगाडी बढाईने उपाध्यक्ष धामीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय