![](https://darchulakhabar.com/wp-content/uploads/2023/07/IMG_20230710_142854.jpg)
बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
३८ जना घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घाइतेको पहिचान हुन बाँकी रहेको छ । घाइते मध्ये २२ जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।
पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
सोमबार दिउँसो लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन बाँकी रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-3-scaled-3-1024x682.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marmma-2-1.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-1-3.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-1-2-1024x642.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-3-1-2.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-shikar-2-2.jpg)