बैतडी । बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना भएको छ। पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस दुर्घटना हुँदा करिब १८ जना घाइते भएको बैतडी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसमा ३० जना यात्रु सवार रहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय