दार्चुला बिगत एक हप्ता देखि दार्चुलाको सदरमुकाम देखि नौगाडको दल्लेख सम्मको सडकमा पहिरो जादा सडक अबरुद्द भएको छ ।अबरुद्द सडक    खुलाउनका लागी एक दुई तिन ठाँउ ब्रेकर लगाउनु पर्ने भएकाले ब्रेकर सम्बन्धित ठाँउमा  उपलब्ध  नभएको र   स्थानियको विबादका कारणले सडक अबरुद्द रहेको र हाल सडक खुलाउन नगरपालिकाबाट आवश्यक  पहल भैरहेको नगर प्रमुख नर सिह चैसिरले बताउनु भएको छ । बाटो अबरुद्द स्थानियलाई आवातजावत गर्न देखी खाद्दान्नका सामाग्री ल्याउनै समस्या  भएको स्थानिय बासिन्दाले बताएका छन ।नगर प्रमुख का अनुसार  २  दिन भित्र   बाटो  सन्चालनमा  आउने उहाँले बताउनु भयो   ।

मालबेला डुङरी काटै सेला भन्दा माथी दल्लेखको तलतिर सिङ्गो सडक अवरुद्ध भएको छ । ।नागरिकहरुले सास्ती खेपिरहेका बेला पालिका कानमा तेल हालेर सुतेको भन्दै त्यहाका सर्बशाधारणले आक्रोस समेत व्याक्त गरेका छन । उक्त सडक छिटोभन्दा छिटो खुलाउनु पर्ने स्थानियको माग छ । सो माग छिटो भन्दा छिटो सडक सन्चालनमा ल्याउन पालिका बढी  केन्द्रित रहेको नगर प्रमुखले दार्चुला खबरलाइ  बताउनु  भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय