दार्चुला । आउँदो अक्टोबररनोभेम्बरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मङ्गलवार विश्वकप २०२३ को तालिका सार्वजनिक गरेको हो ।

विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ र फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । ४६ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू १० वटा शहरमा हुनेछ । हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुने, बेङ्गलोर, मुम्बई र कोलकातामा खेलहरू हुनेछन् ।

विश्वकपमा १० टोली सहभागी हुनेछन् । जसमा आठ वटा टोलीको घोषणा पहिले नै भइसकेको छ । बाँकी दुई वटा टोलीका लागि अहिले छनोट खेल चलिरहेको छ ।

राउन्ड रोबिन फर्म्याटको आधारमा हुने प्रतियोगितामा सबै टोलीले एकअर्कासँग खेल्नेछन् । त्यसपछि शीर्ष चार टोली नकआउट स्टेज र सेमिफाइनलका लागि छनोट हुनेछन् ।

अक्टोबर ५ मा इङ्ग्ल्यान्ड र न्युजिल्यान्डले खेल्दै प्रतियोगिताको उद्घाटन हुनेछ । प्रतियोगितामा विश्व क्रिकेटका दुई चर्चित टोली भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय