दार्चुला । ९ वटा स्थानिय तह रहेको दार्चुलामा ८ वटा स्थानिय तहले आगामी आर्थिक बर्ष २०८० /०८१ को बजेट ल्याएका छन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को कानुनी व्यव्स्था अनुसार असार १० गते सम्म बजेट पेश गरिसक्नुपर्ने नियम अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका बाहेकका ८ वटा स्थानियतहले आगामी आर्थिक बर्षको लागी बजेट ल्याएका हुन ।

शैल्यशिखर नगरपालिकाले भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को कानुनी व्यव्स्था अनुसार आइतबार असार १० बजेट ल्याउन सकेको छैन । जिल्लाका अन्य स्थानीय तहले भने नियम अनुसार असार १० गते भित्रै बजेट पेश गरेका छन ।

जिल्लाको लेकम, मार्मा, अपिहिमाल, मालिकार्जुन, नौगाड, व्याँस गाउँपालिका तथा महाकाली नगरपालिकाले असार १० गते बजेट ल्याएका छन, भने दुहुँ गाउँपालिकाले यस अघि असार ७ गते नै बजेट ल्याइसकेको छ।

जिल्लाको महाकाली नगरपालिकाले आगामी आर्थिक बर्षको २०८०/८१ को लागी ६३ करोड २३ लाख ९७ हजार ६ सय ६० रुपैयाँको बजेट नगर सभामा पेश गरेको छ।

यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक बर्षको लागी ५९ करोड १३ लाख ६४ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ ।

त्यस्तै लेकम गाउँपालिकाले ४८ करोड ९७ लाख ५७ हजार ४ सय रुपैयाँ, दुहुँ गाउँपालिकाले ३६ करोड ४ लाख ७० हजार ६ सय रुपैयाँ तथा अपिहिमाल गाउँपालिकाले ३० करोड ५० लाख ९७ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेका छन।

त्यस्तै जिल्लाको नौगाड गाउँपालिकाले ४० करोड ७६ लाख ४७ हजार ५ सय रुपैयाँ, व्याँस गाउँपालिकाले ३८ करोड ४५ लाख २४ हजार ७ सय रुपैयाँ र मार्मा गाउँपालिकाले ४० करोड ३३ लाख ६१ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ ।

बजेट ल्याएका कतिपय स्थानीय तहहरुले क्षेत्रगत रुपमा बजेट बाँडफाँड गरिसकेका छन् भने केही स्थानीय तहहरुले डल्लो बजेट ल्याएर असार २५ गतेभित्र बाँडफाँड गरिसक्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय