दार्चुला । दार्चुलामा एक वडा अध्यक्षको निधन भएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोरथ भट्टको निधन भएको हो ।

वडा अध्यक्ष भट्टको सोमबार बिहान निधन भएको बताइएको छ । आइतबार स्वास्थमा केही समस्या देखिएपछि भट्टलाई जिल्ला अस्पताल दार्चुला लगिएको थियो ।

जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएकोमा सोमबार बिहान धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिकाको बगौरामा निधन भएको आफन्त नवराज भट्टले जानकारी दिए । भट्टको शव अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

उनको आजै दाह सस्कार हुने पारिवारिक स्रोतले जनाएको छ । उनि गएको स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय