दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मिलमिलीका स्वर्गीय गौर सिंह धामीको बार्षिक पुन्य तिथिको अवसरमा तीन वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ। स्वर्गीय धामीका छोराहरु राम सिंह धामी, ईन्द्र सिंह धामी र नारद सिंह धामीले आइतबार शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का ३ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

स्वर्गीय बुबाको बार्षिक पुण्य तिथीको अवसरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेका मालिकार्जुन माध्यमिक विद्यालय मिलमीली, शैल्यशिखर आधारभुत विद्यालय पनेबाज र मालिकार्जुन आधारभुत विद्याय किडेपातलका १ सय ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा खेल सामग्री वितरण गरेको नारद सिंह धामीले बताउनु भयो ।

उहाँका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले बुवाको बार्षिक पुन्य तिथिको अवसर पारी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हौ स्वर्गीय धामीका छोरा नारद सिंह धामीले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय