दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले भोलि बजेट ल्याउँदैछ ।

भोली ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले आगामी आर्थिक बर्ष २०८०र०८१ के बजेट प्रस्तुत गर्ने भएका छन् । करिब ३० अर्ब हाराहारीको बजेट ल्याउन लागेको स्रोतको भनाइ छ ।

अघिल्लो वर्ष सरकारले रोकेको प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा यस पटक प्रदेशसभा सदस्यहरुलाई तीन करोड बजेट उपलब्ध गराउने तयारी समेत भइरहेको छ । प्रत्यक्ष निर्वाचित सांसदहरूको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने सरकारको तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशमा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रका लागि सरकारले ९६ करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

यस पटक सरकारले अघिल्लो पटकभन्दा सानो आकारमा बजेट ल्याउन लागेको हो । अघिल्लो वर्ष सरकारले चालू आर्थिक वर्षको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय