दार्चुला । बैतडीमा वन अतिक्रमण गरेर बनेका घर भत्काइएको छ । जिल्लाको मेलौली नगरपालिकामा सामुदादियक वन अतिक्रमण गरेर बनेका २७ ओटा घर भत्काइएको हो ।

मेलौलीको वडा नं ७ चापछाड सामुदायिक वन र वडा नं ८ को कोटीगाउँ सामुदायिक वन अतिक्रमण गरि बनेका घर भत्काइएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भिम प्रशाद कंडेलले बताए ।

कानून विपरित वन अतिक्रमण गरेर बनेका घर भत्काइएका उनले बताए । वन कार्यालयले यस अघि दुई पटक घर खालि गर्न १५ दिनको सूचना जारी गरेको थियो ।

सूचनाको अवज्ञा गरिएपछि अहिले घर भत्काइएका छन् । जिल्ला प्रशासन कार्यालय वन कार्यालय र मेलौली नगरपालिका, सुरक्षा निकायको संयुक्त प्रयाशमा वन अतिक्रमण गरेर बनेका अवैध संरचना हटाइएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय