दार्चुला । सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।सभामुख भीमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

यसअघि सभामा भाग लिदै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मानसखण्ड र खप्तड सम्मेलनले सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रको पहिचान गर्न सहज भएको बताए । सिकलसेलको निःशूल्क परिक्षण तथा उपचार हुनुपर्छ भनेर सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको उनले बताए ।

उनले केही स्थानमा उपकरण विग्रदा परिक्षणमा समस्यामा भएको बताए । उनले उर्जा क्षेत्रलाई विशेष महत्व दिएर काठमाडौंमा रहेका विज्ञहरुसंग छलफल चलाएको बताए । उनले उर्जा क्षेत्रलाई अगाडि बढाउन चाहेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय