दार्चुला । दार्चुलामा राष्ट्रिय जनगणना २०७८ को जिल्लास्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्ग कार्यालय दार्चुलाले एक कार्यक्रमको आयोजना गरि हिजो भावना सभाहलमा जिल्लास्तरीय नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय तथ्याङ्ग कार्यालय दार्चुलाका तथ्याङ्ग अधिकृत शंकर दत्त भट्टले सोमबार दार्चुला जिल्लाको जनसंख्या सार्वजानिक गर्नु भएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार दार्चुला जिल्लाको कुल जनसंख्या १ लाख ३३ हजार ३ सय १० जना रहेको बताइएको छ । जसमा जम्मा परिवार संख्या २८ हजार ४१७ रहेको छ । जिल्लामा पुरुषको संख्या ६४ हजार ४२४ तथा महिलाको संख्या ६८ हजार ८८६ रहेको छ ।

उक्त जनसंख्या मध्ये धर्मको आधारमा दार्चुलामा हिन्दू धर्म मान्नेको संख्या सबै भन्दा बढी रहेको छ । धर्मको आधारमा हिन्दु धर्म मान्ने जनसंख्या ९९.७७ प्रतिशत भन्दा बढि रहेको छ । जिल्लाको कुल जनसंख्या मध्ये १ लाख ३३ हजार ६ जना हिन्दु धर्माम्बली रहेको तथ्याकं कार्यालय दार्चुलाले जनाएको छ । त्यस्तै बौद्ध धर्म मान्ने १ सय ३७ जना, इस्लाम ३५, किरात ३ जना, क्रिश्चियन १ सय २७ जना र बहाई धर्म मान्ने ३ जना रहेका छन् ।

यस्तै जिल्लामा परिवारको औषत आकार ४.६९ प्रतिशत, लैङ्गिक अनुपात महिला पुरुषमा ९३.५२ प्रतिशत, जनधनत्व ५७ तथा २०६८ सालको जनगणना अनुसार जिल्लाको १ लाख ३३ हजार २७४ जना रहेको कार्यालयले जनाएको छ । जिल्लामा २०६८ देखि २०७८ सम्म जम्मा ३६ जना मात्रै बृद्धि भएको पनि पाइएको छ ।

दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.०० प्रतिशत रहेको छ । वि.सं. २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको थियो । यस जिल्लाको जनघनत्व प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या ५७ जना प्रतिवर्ग किलोमिटर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय