दार्चुला । बैतडीमा बेवारीसे शव फेला परेको छ । जिल्लाको शिबनाथ गाउँपालिका–२ खैरेनि नजिक महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकरी दिए । उनका अनुसार शुक्रबार राति स्थानीयले शव देखेका थिए । स्थानीयको खबर पछि प्रहरी टोलि सो ठाउँमा पुगेको छ ।

कालो पाईन्ट, निलोकालो कलरको कलरवाला टिसर्ट लगाएको सडेको अवस्थामा अन्दाजी ३५वर्षीय पुरुष मृत फेला परेका प्रहरी प्रवक्ता खत्री बताए । मृत भेटिएका पुरुषको पहिचान खुलेको छैन् । शव बारे थप अनुसन्धान भैरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय