दार्चुला । तरकारी खेती गरेरै मनग्ये आम्दानी गर्न सफल बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ४ का शंकर दत्त पाण्डेय बिहान उठ्नेवित्तिकै बारीमा पुग्नुहुन्छ । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने उहाँको दैनिकी हो । कारण हो, उहाँले विगत १६ वर्षदेखि व्यावसायीक खेती गर्दै आउनुभएको छ । पाण्डेयले १ बर्ष अगाडी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ दार्चुला, प्राविधिक जोन इकाइ बैतडीबाट तरकारी क्षेत्र विस्तारको लागी कार्यक्रम पाए पछि आज भोली उहाँको दैनिक बारिमै वित्ने गरेको छ ।

पाण्डेयले पठान कृषि तथा पशुपन्छी फर्म खोलेर आधुनिक र व्यवसायीक तरकारी खेती गरिरहनुभएको छ। पाण्डेयले अहिले कूल १४ रोपनी बारीमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । जसमा टमाटर, काउली, बन्दा,मुला, काक्रा, करेला, फर्षि, रायो, खुर्सानीलगायत तरकारी लगाउनुभएको छ । त्यस्तै उहाँले तरकारीको बेर्नाबाट पनि मनग्य आमदानि गरिरहनुभएको छ। पाण्डेयले अहिले तरकारी खेतीबाट बार्षिक ७ लाख सम्म आमदानी गरिरहनु भएको छ।

No description available.

 

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले नै दशरथ चन्द नगरपालिका वडा नम्बर ४ कै नवराज पाण्डेय, चक्रदेव पाण्डेय, मानसिंह माल, नारायण दत्त पाण्डेय, जयदेव पाण्डेय, लगायतले पनि तरकारी खेती गरिरहनुभएको छ। तरकारी खेतीमा लागेका उहाँहरुले बार्षिक ४ देखी ६ लाख सम्म कमाइ गरिरहनु भएको छ।

बजारको अवस्था राम्रो भएकोले पनि तरकारी खेती गर्दा त्यस्तो समस्या नरहेको कृषक शंकर दत्त पाण्डेयले बताउनुभयो । उहाँले बैतडीको सदरमुकाम गोठापानी संगै देहिमाण्डौ, सतबाँज, पाटन खोड्पे लगायतका बजारमा तरकारी पुगाइ राख्नुभएको छ । सिचाई र बजारको समस्या छैन, अहिले मुख्य पेशा भनेकै तरकारी खेती हो, यसैबाट आम्दानी भइरहेको छ उहाँले भन्नुभयो।

No description available.

यस्तै बैतडीकै सुर्नया गाउँपालिका वडा नम्बर २ का विरबहादुर विष्टले पनि १२ रोपनिमा तरकारी खेती गरिरहनु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाटै तरकारी खेती गर्न हौसला मिलेको उहाँको भनाई छ । अहिले १२ रोपनि क्षेत्रमा तरकारी खेती गरिरहनु भएका उहाँले खर्च कटाएर बार्षिक ७ लाख सम्म आमदानि गरिरहनु भएको छ। उत्पादित तरकारी बैतडी सदरमुकाम संगै तराई सम्म समेत पुगाउने गरेको उहाँले बताउनुभयो ।

No description available.

त्यस्तै सुर्नयाकै दान बहादुर विष्टले पनि १० रोपनि क्षेत्रफालको जग्गामा तरकारी खेती गरिरहनु भएको छ। १० रोपनि क्षेत्रफलमा लगाएको तरकारी बाट उहाँले बार्षिक ४ देखी ५ लाख सम्म आमदानि गरिरहनु भएको छ। बैतडीकै पाटन नगरपालिका वडा नम्बर ४ का कलावती भट्टले पनि तरकारी खेतीबाट मनग्य आमदानि गरिरहनु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको सहयोगमा तरकारी खेती गरिरहनु भएका उहाँले ७ रोपनी जग्गामा तरकारी खेती गरिरहनु भएको छ । तरकारी खेतीबाट बार्षिक ३ देखी ४ लाख सम्म आमदानी हुने गरेको उहाँले बताउनुभयो ।

No description available.
बैतडीकै पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का कृषकहरुले सामुहिक रुपमा तरकारी खेती गरिरहनु भएको छ। देवताल बहुउद्देश्यीय कृषक समुह गठन गरि वडा नम्बर ६ बिजुलका १० जनाले सयुक्त रुपमा तरकारी खेती गरिरहनु भएको हो । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको सहयोग र सहजिकरणले तरकारी खेती तर्फ आक्रशित भएको उहाँहरुको भनाई छ।

ग्रामिण क्षेत्रका रहेका कृषकहरुलाई निरन्तर रुपमा सहयोग र सहकार्य गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सयौ सफल कृषक उत्पादन गरेको छ।

No description available.

No description available.

No description available.

 

 

No description available.

No description available.No description available.

 

No description available.No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय