दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको मार्मा गाउँपालिका ३ अन्तर्गतको चिउरानी बिटुले सकड खण्डमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका बताइएको छ ।

लटिनाथबाट राष्ट्रिय प्रशारण लाइनको लागि बिजुलीका पोल ढुवानी गरेर आइरहेको से २ त १६८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परि चालक मिलन धामी सहित सवार ३ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय