दार्चुला । पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा रहेका विद्यालय कर्मचारीहरुको आन्दोलनमा नेपाल शिक्षक संघ बैतडीले ऐक्यबद्धता जनाएको छ । यही जेठ २१ गतेदेखि आन्दोलनमा रहेका विद्यालय कर्मचारीहरुको आन्दोलनमा आफूहरुको साथ रहेको नेपाल शिक्षक संघ बैतडीका सचिव नारायणदत्त जोशीले बताए ।

सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने लगायतका कुराहरु गरेको भएपनि बजेटबाट त्यो कुरा सम्बोधन नगरेकाले विद्यालय कर्मचारीहरु देशैभरी आन्दोलनमा उत्रेका छन् ।
विद्यालय कर्मचारीहरुका जायज मागहरु सरकारले पूरा गर्नुपर्ने भन्दै शिक्षक संघले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

नेपाल शिक्षक संघ बैतडीले विज्ञप्ती निकालेर विद्यालय कर्मचारीका मागहरु तत्काल सम्बोधन गर्न जोडदार माग समेत गरेको छ ।

सरकारले आफूहरुलाई विभेद गरेकाले आन्दोलनमा उत्रनुपरेको विद्यालय कर्मचारी जयराज भट्टले बताए । बैतडीमा विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा धर्ना दिनुका साथै नाराजुलुस समेत गरिरहेका छन् । आफूहरुका माग पूरा नभए विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने कर्मचारीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय