बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सर्जनबहादुर बोहराको मृत्यु भएको छ । ३८ बर्षीय बोहराको गएराति निधन भएको हो ।

मधुमेह र कलेजो सम्बन्धी समस्याबाट पीडित बोहरालाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । चिकित्सककै सल्लाहमा घर फर्केको केही दिनमै बोहराको मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।

२०७९ को स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट सुर्मा गाउँपालिका वडा नं ४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय