दार्चुला । बैतडीमा कैदीबन्दीका लागि सीपमूलक तालिम सञ्चालन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा जिल्ला कारागारमा तालिम सञ्चालन भएको जिल्ला कारगार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।

कैदीबन्दीहरुलाई सीपमूलक तालिम दिने उद्देश्यले बास निगालोका सामग्री उत्पादन सम्बन्धी तालिम सञ्चालन गरिएको भण्डारीले बताइन् । एक महिनासम्म सञ्चालन हुने तालिममा कैदीबन्दीहरुलाई बासा निगालोका विभिन्न सामग्री उत्पादनको सीप सिकाइने बताइएको छ ।

कैदीबन्दीहरुलाई सीपमूलक तालिम सिकाएर उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि बेला बेलामा तालिम सञ्चालन गर्ने गरिएको भण्डारीले बताइन् । जिल्ला कारागार बैतडीमा अहिले ७७ जना कैदीबन्दी रहेका र ती मध्ये १५ जनालाई बास निगालोका सामग्री उत्पादन तालिम दिन थालिएको बताइएको छ ।

यसअघि कैदीबन्दीका लागि स्वीटर बुनाइ र रुमालमा बुट्टा भर्ने तालिम दिइएको थियो ।

कैदीबन्दीहरुलाई सीपमूलक तालिम दिएर उनीहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउनका लागि तालिमको आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताए । कैदीबन्दीहरुलाई तालिम दिएर उनीहरुलाई सीपयुक्त कामले सहज होस भनेर तालिम शुरु गरिएको जोशीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय